वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय, २१ गते सपथ

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ । नयाँ निर्वाचित र राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिँदैछन् ।

कमेन्ट गर्नुहोस्