सर्वत्र आलोचनापछि नेकपा संविधान संशोधन कार्यदल खारेज

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदललाई खारेज गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले कार्यदललाई भङ्ग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि कार्यदल खारेज गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘संविधान संशोधन आवश्यकता अनुसार हुँदै जान सक्ने मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ । अहिले नै संविधान संशोधनको गृहकार्य गर्न कार्यदल अगाडि बढाउने औचित्य सचिवालयले देखेन ।’

नेकपाले शनिवार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।उक्त कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य तोकिएका थिए ।

कमेन्ट गर्नुहोस्