इन्सपेक्टर नेपालसहित १६ प्रहरी निलम्बनमा

काठमाडौंः रसुवाको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर खेमप्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन् ।

रसुवाको केरुङबाट भित्रिएको तस्करीको ४ सय २२ ग्राम सुन समातेर आफैंले लुकाएको अभियोगमा इन्सपेक्टर नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका हुन् ।

तस्करीको सुन समातेर आफैंले लुकाएको अभियोगमा उनीहरुमाथि प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो ।

छानविन गर्दा दोषी देखिएपछि उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

टिमुरे प्रहरीको इलाकाबाट आउँदै गरेको ना.६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्दा आधा किलो सुन फेला परेको थियो ।

११ पुसमा कन्टेनर चालक फुर्वा शेर्पाको साथमा फेला परेको सुन भन्सार कार्यालयमा बुझाउनु पर्नेमा इन्सपेक्टर नेपाल सहितको टोलीले बाँडीचुँडी खाएको छानविन पछि खुलेको छ ।

काठमाडौंः रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक ( ईन्सपेक्टर) खेम प्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

अख्तियारले उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई बुधवार पत्र पठाएको हो । उनीहरूले सुन लिएर चालकलाई छोडेको र उक्त सुन आपसमा बाँडफाँड गरेको आरोप लगाएको छ ।

उक्त विषयमा आयोगबाट अनुसन्धान भइरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरु पदमा रहँदा आफू बिरुद्वको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्याउन सक्ने भएकाले निलम्बन गर्न आग्रह गरेको हो ।

को–को परे निलम्बनमा ?

१. प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
२. प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४. प्रहरी हवल्दार रामशरण रिमाल
५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६. प्रहरी हवल्दार रामकाजी लामा
७. प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
८. प्रहरी जवान शिव नारायण चौधरी
९. प्रहरी जवान युवराज खरेल
१०. प्रहरी जवान भविलाल रुम्बा लामा
११. प्रहरी जवान रामचन्द्र वि.क.
१२. प्रहरी जवान रिता चौधरी
१३. प्रहरी जवान मनोज आले
१४. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१५. प्रहरी जवान तारा बहादुर प्रजा
१६. प्र.का.स. हरी बहादुर श्रेष्ठ

कमेन्ट गर्नुहोस्