७० हजार घुससहित वडाध्यक्ष समातिए

रुपन्देहीः रुपन्देहीमा अलग–अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारीलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार रुपन्देहीको सम्मरीमायी गाउँपालिका–५ का वडाध्यक्ष श्रवणकुमार यादवलाई ७० हजार घुससहित पक्राउ गरिएको हा ।

चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो साढे १२ बजे यादव पक्राउ परेको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । बन्दिप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गरेको अवस्थामा आज दिउँसो १ बजे यादव पक्राउ परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्