आइपीएलमा एकै ओभरमा सर्बाधिक रन दिने ५ बलर

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) काे १३ औँ संस्करण नजिकिँदै छ । आइपीएल मिति नजिकिएसँगै क्रिकेट समर्थकमा उत्साह पनि थपिँदै गएको छ ।

विश्व चर्चित क्रिकेटरको सहभागितामा खेलिने आसन्न आइपीएल २९ मार्चदेखि सुरु हुँदैछ । यो वर्ष पनि लोकप्रिय क्रिकेटर आइपीएल खेल्दै छन् ।

यसैबीच आज आइपीएलमा एकै ओभरमा सर्बाधिक रन खर्चिने ५ क्रिकेटरको बारेमा जानकारी दिँदैछौं ।

१. बेसिल थम्पीः आइपीएलमा एकै म्याचमा सर्बाधिक रन दिने क्रिकेटरको सूचीमा बेसिल थम्पीको नाम पहिलो स्थानमा आउँछ । उनले २०१८ मा सनराइजर्स हैदरावादबाट आइपीएल खेलेका थिए ।

थम्पीले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध खराब बलिङ गरेका थिए । उनले १७.५० को इकोनमी रेटमा ७० रन खर्चिएका थिए । यस खेलमा आरसीबीले २० ओभरमा २ सय १८ रन बनाएको थियो । जवाफमा हैदरावादले २०४ रन बनाएको थियो ।

२. मुजीब उर रहमानः यो सूचीको दोस्रो स्थानमा अफगानिस्तानका स्पिनर मुजीबउर रहमानको नाम आउँछ । किंग्स इलावेन पन्जावबाट आइपीएल खेल्ने उनले गत संस्करणमा सनराइजर्स हैदरावाविरुद्ध ४ ओभरमा ६६ रन खर्चिएका थिए ।

यो म्याचमा हैदरावादले २० ओभरमा २ सय १२ रन बनाएको थियो । २ सय १३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पन्जावले १ सय ६७ रन मात्र बनाउन सकेको थियो ।

३. इशान्त शर्माः इशान्त शर्माले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार रेकर्ड बनाए पनि आइपीएलमा भने खराब कीर्तिमान पनि आफ्नो नाममा लेखेका छन् । उनले २०१३ को आइपीएलमा सनराइजर्स हैदरावादबाट खेल्दै चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध ४ ओभरमा ६६ रन दिएका थिए । उक्त खेलमा सीएसकेले २० ओभरमा २ सय २३ रन बनाको थियो ।

४. उमेश यादवः आइपीएलमा एकै म्याचमा सर्बाधिक रन दिने खेलाडीको सूचीमा उमेश यादवको नाम चौथो स्थानमा आउँछ । उनले २०१३ को आइपीएलमा दिल्ली क्यापिटल्स (डेयरडेविल्स)बाट खेल्दै आरसीबीविरुद्ध ४ ओभरमा १६.२५ को इकोनमी रेटमा ६५ रन खर्चिएका थिए । यस म्याचमा आरसीबीले २० ओभरमा १८३ रन बनाएको छ । जवाफी ब्याटिङमा आएको दिल्ली ४ रनले पराजित भएको थियो ।

५. सन्दीप शर्माः २०१३ को सिजनबाट आइपीएल करियर सुरुवात गर्ने सन्दीपले शानदार प्रदर्शन गर्दै हालसम्म ७९ म्याचमा ९५ विकेट लिइसकेका छन् । यद्यपि उनको नाममा एकै म्याचमा धेरै रन दिने खेलाडीको खराब रेकर्ड पनि छ ।

आइपीएल २०१४ मा सन्दीपले सनराइजर्स हैदरावादविरुद्ध ४ ओभरमा १६.२५ को इकोनमी रेटमा ६५ रन दिन पुगेका थिए । यद्यपि यो म्याचमा शानदार ब्याटिङ गर्दै किंग्स इलावेन पन्जावले हैदरावादलाई ६ विकेटले हराएको थियो । –एजेन्सी

कमेन्ट गर्नुहोस्