वानडे सिरिजः श्रीलंकाविरुद्ध वेष्ट इन्डिज १६१ रनले पराजित

काठमाडौंः वेष्ट इन्डिज विरुद्धको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली श्रीलंकाले एक खेल अगावै जितेको छ । दोस्रो खेलमा आज वेष्ट इन्डिजलाई १ सय ६१ रनले हराउँदै श्रीलंकाले सिरिज २–० ले जितेको हो ।

श्रीलंकाले दिएको ३ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ३९।१ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो । उसका लागि शाई होपले ५१, निकोलश पूरनले ३१, किमो पउलले २१, रोस्टन चेसले २०, सुनील एब्रीसले १७, डारेन ब्रावोले १६, फाबियन आलेनले १७ रन बनाए ।

बलिङमा श्रीलंका टीमका वाविन्दु हसरंगा, लक्षण सदाकर्णले ३–३, नुवान प्रदीपले २ र एन्जेलो म्याथ्यूज एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४५ रन बनायो ।

उसका लागि अभिश्का फर्नान्डो र कुसल मेन्डिसले शतक बनाए । फर्नान्डोले १२३ बलमा १० चौका प्रहार गर्दै १२७ रन बनाए । एकदिवसीय क्रिकेटमा फर्नान्डोको यो दोस्रो शतक हो ।

यस्तै मेन्डिसले ११९ बलमा १२ चौका हिर्काउँदै ११९ रनको योगदान दिए । एकदिवसीय क्रिकेटमा कुसलको पनि यो दोस्रो शतक हो ।

थिसरा परेराले ३६, धनन्जय डीसिल्वाले १२, वानिन्दु हसरंगा र इसुरु उडानाले १७–१७ रन बनाए । बलिङमा वेष्ट इन्डिज टीमका अल्जारी जोसेफले ३ र सेल्डन कोट्रेलले ४ विकेट लिए । आजको जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले २–० को अग्रता बनाएको छ । वेष्ट इन्डिज र श्रीलंकाबीचको अन्तिम खेल १ मार्चमा हुनेछ ।

कमेन्ट गर्नुहोस्