कोरोना भाइरसबारे एनआरएनए स्वास्थ्य समितिको लाइभ अन्तरक्रिया सम्पन्न

यूएईः  गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिले कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने उद्देश्यले फेसबूक लाइभ अन्तर्कृया सम्पन्न गरेको छ ।

बिश्वभरका करीब सात हजार भन्दा बढी नेपालीहरुले फेसबूक लाइभ मार्फत कोरोना भाइरस माहामारी बारे अन्तर्कृया कार्यक्रममा भाग लिएका थिए ।

कोरोना भाईरसले तपाईलाई कसरी असर गर्न सक्छ? यसबाट जोगिन के गर्नु पर्छ? यसले नेपाल भ्रमण वर्ष २०२० लाई कसरी असर गर्छ? यसबारे गैरआवासीय नेपाली संघको ‘स्वास्थ्य समिति’ नेपालिज असाेसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को सकृयतामा २३ फेब्रुअरी २०२० फेसबुक लाईभ अन्तर्कृया कार्यक्रममा बिश्वभरीका करीब सात हजार भन्दा बढी नेपालीहरुले भाग लिए।

सो अन्तर्कृयाको मोडरेसन स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जीब सापकोटाले गरेका थिए। सो अन्तर्कृया कार्यक्रममा बिभिन्न बिज्ञहरुले स्रोता तथा दर्शकहरुको प्रश्नको जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिएका थिए । उक्त कार्यक्रममा बोल्नु हुने बिज्ञहरुमा नेपाल सरकार स्वास्थ मन्त्रालयमा कार्यरत डा. श्रवण कुमार मिश्र, अमेरिकाबाट मेडिकल कन्सलट्यान्ट डा. लक्ष्मण पोख्रेल, ल्याब बिशेषज्ञ डा. बोधराज आचार्य तथा तथा अमेरिकि स्वाथ्य बिभागमा कार्यरत डा. सन्जीब सापकोटा थिए।

कार्यक्रममा नासाका अध्यक्ष बिनय अर्याल, स्वास्थ्य समितीका सह-अध्यक्ष सत्य चौधरी, एनआरएन अमेरिकाको पर्यटक समितिका सँयोजक जङ्बुगोले शेर्पा लगायतले आफ्नो मन्तब्य राखेका थिए।

कार्यक्रमको सम्पूर्ण रेकोर्डिन्क गैरआवासीय नेपालीसंघको निम्न लिंकहरुमा हेर्न सकिन्छ

Posted by Non-Resident Nepali Association-Official on Sunday, February 23, 2020

कोरोना भईरस संग सम्बन्धित फेसबुक लाईभ कार्यक्रममा निम्न बिषयगत बिशेषज्ञहरूसंग तपाईले आफ्नो जिज्ञासाहरू राख्न सक्नुहुन्छ:1. Dr. Shravan Kumar Mishra: Representative from Health Ministry, Nepal: Expert on Corona virus outbreak2. Dr. Laxman Pokhrel: Internal Medicine, North Carolina3. Dr. Sanjeeb Sapkota: Medical Epidemiologist, US Federal Health Agency. 4. Bodhraj Acharya, PhD: Lab Supervisor, Expert on Corona Virus Testing, New York.5. पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अन्य प्रतिनिधीहरूसथमा, सर्बसाधारणहरू….

Posted by Non-Resident Nepali Association-Official on Sunday, February 23, 2020

कमेन्ट गर्नुहोस्