कञ्चपुरमा श्रीमान–श्रीमतीको विभत्स हत्या

महेन्द्रनगरः कञ्चनपुरमा रगताम्य अवस्थामा श्रीमान श्रीमती मृत फेला परेका छन् । आज जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरत कार्कीका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार प्रहरीको टोलीले अहिले घटना स्थललाई घेराबन्दीमा राखेको छ ।

दुवैजना रगताम्य अवस्थामा भेटिएकाले अनुसन्धानको लागि प्रदेश कार्यालयबाट कुकुरको टोली ल्याइन लागिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्