टी–२० क्रिकेटः तीन खेलाडीको वरियता खस्कियो, करण केसीको सुधार

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा नेपाली क्रिकेटरको स्थान खस्किएको छ ।

आइसीसीले बिहीबार सार्वजनिक गरेको वरियतामा पारस खड्को व्याटिङ, सन्दीप लामिछानेको बलिङ र सोमपाल कामीको अलराउण्डरको वरियता एक स्थान खस्किएको हो । व्याटिङमा पारस ६३, बलिङमा सन्दीप ८५ र सोमपाल ६६ औँ स्थानमा पुगेका छन् ।

याे पनि पढ्नुस  नयाँ टी–२० वरियताः एसोसियट राष्ट्रको शीर्ष स्थानमा नेपाल

अलराउण्डरमा पारस र करण केसीको वरीयतामा भने एक स्थान सुधार आएको छ । अलराउण्डरतर्फ पारस २६ र करण ७४ औं स्थानमा छन् । नेपाल टी–२० वरियताको १२ औँ स्थानमा यथावत छ ।

कमेन्ट गर्नुहोस्