मलेसियामा कार्यरत आप्रवासी कामदारको न्यूनतम तलबमा वृद्धि

मलेसियाः  आप्रवासी कामदारका लागि मलेसियन सरकारले फेब्रुअरी १ देखि लागू हुने गरी न्युनतम तलबमा वृद्धि गरेको छ।

मलेसियाका विभिन्न ५६ वटा शहरहरुमा वृद्धि भएको तलव अनुसार अव कामदारले न्यूनतम मासिक १२ सय रिंगिट तलव पाउने छन् ।

यसअघि गतबर्ष मलेसियामा न्यूनतम तलव ११ सय रिंगिट कार्यनयन गरिएको थियो। अब कामदारले प्रतिघण्टा काम गरेको ज्याला पनि ५ दशमलव ७७ रिंगिट कायम गरिएको छ । यसअधि प्रतिघण्टा न्यूनतम ज्याला ५ दशमलव २९ रिंगिट तोकिएको थियो ।

मलेशियन सरकारले सन् २०२० को बार्षिक बजेट अनुरुप नै कामदारको न्यूनतम तलबमा वृद्धि गरेको स्थानीय संचार माध्यमले जनाएका छन् ।

यस्तै सरकारले मलेसियामा काम गर्दैगरेका कामदारले तोकिएको न्युनतम तलव नपाएमा नजिकैको श्रम कार्यालयमा गएर उजुरी दिन अथवा +60126845091 नम्बरमा ह्वाट्सएप मार्फत सम्पर्क गरेर पनि आफ्नो गुनासो टिपाउन सक्ने ब्यबस्था मिलाएको जानकारी दिएको छ।

यस्तै आवश्यक सहयोगका लागि आप्रवासी कामदारहरुको सहयोग गर्न सञ्चालित गैर सरकारी संस्था आवर जर्नीको इमेल ssk010@gmail.com मार्फत आफ्नो समस्या राख्न सकिने छ।

कमेन्ट गर्नुहोस्