कार दुर्घटनाः गम्भीर घाइते पूर्व उपप्रधानमन्त्री मैनालीसहित सबैलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौंः सडक दुर्घटनामा परी गम्भिर घाइते भएका पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीसहित सबै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

दुर्घटनामा घाईते हुनुभएका मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेललाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाईएको ईलाका प्रहरी कार्यालय बर्दिवासमा डिएसपी राजन चापागाईले जानकारी दिए ।

मैनाली चढेको गाडी विपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाइते भएका छन् ।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनालीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

मैनालीको टाउकोमा गम्भिर चोट लागेको छ भने दाहिने खुट्टा भाचिएको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ ।

मैनालीका बुहारीको दुवै खुट्टा भाँचिएको डिएसपी चापागाईले जानकारी दिए ।

घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार पश्चात बर्दिवासस्थित मध्यपूर्वी पृतना पुर्याइएको र सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको हो ।

कमेन्ट गर्नुहोस्