टी–२० विश्वकपः बंगलादेशविरुद्ध अष्ट्रेलियाको शानदार जित

काठमाडौंः आइसीसी टी–२० महिला विश्वकपमा अष्ट्रेलियासँग बंगलादेश ८६ रनले पराजित भएको छ ।

घरेल टोली अष्ट्रेलिायले दिएको १ सय ९० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ० रन मात्र बनाउन सक्यो ।

उसका लागि फर्गाना हकले सर्बाधिक ३६ रन बनाइन् । बलिङमा अष्ट्रेलिया टीमकी मेगन सुटले सर्बाधिक ३ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १ सय ८९ रन बनायो ।

उसका लागि ओपनरद्वय एलिसा हेली र बेथ मोनीले विस्फोटक ब्याटिङ गरे । हेलीले ३ छक्का र १० चौका प्रहार गर्दै ८३ रनको योगदान दिइन् ।

यस्तै मोनीले ५८ बलमा ९ चौकासहित अविजित ८१ रन बनाइन् । एशलेग गार्डनरले ९ बलमा नटआउट २२ रन बनाउँदै नटआउट रहिन् ।

बलिङमा बंगलादेश टीमकी सलमा खातुनले एक विकेट लिइन् । जारी विश्वकपमा अष्ट्रेलियाले यसअघि खेलेका २ म्याचमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । बंगलादेश पहिलो खेलमा भारतविरुद्ध पराजित भएको थियो ।

जारी विश्वकपमा अष्ट्रेलियाको यो दोस्रो जित हो । उसले यसअघि आफ्नो दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।

पहिलो खेलमा भने अष्ट्रेलिया भारतसँग पराजित भएको थियो । यता बंगलादेशले भने दुई म्याच खेल्दा दुवैमा हारको सामना गरेको छ । पहिलो खेलमा बंगलादेश भारतविरुद्ध पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्