अष्ट्रेलिया पुग्दा ब्रिफकेस बोकेरै जहाजबाट झरिन् न्यूजिल्याण्डकी प्रधानमन्त्री (तस्बिर)

एजेन्सीः न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेन छिमेकी मुलुक अष्ट्रेलिया पुगेकी छिन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग भेटवार्ता गर्न उनी आज सिड्नी पुगेकी हुन्।

विमानस्थलमा अष्ट्रेलियाका अधिकारीहरू उनको स्वागतका लागि पुगेका थिए। आर्डेन प्रधानमन्त्रीजस्तो नभई सामान्य यात्रुजस्तो गरी जहाजबाट बाहिर निस्किइन्। उनको काँधका एउटा झोला थियो भने हातमा अर्को सुटकेस थियो।

विमानबाट झरेर उनले स्वागतमा आएका अधिकारीहरूसँग हात मिलाइन् र गाडीतर्फ अगाडि बढिन्। गाडीमा पुगेपछि उनले डिकी खोलिन् र ब्यागहरू राखिन्। सामान्य यात्रुले झैं प्रधानमन्त्री आर्डेनले गरेका यी क्रियाकलाप एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटो पत्रकारले तस्बिरमा कैद गरेका छन्। अहिले ती तस्बिरहरूको सामाजिक सञ्जाल चर्चा भइरहेको छ। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता आर्डेनको यो सरलता र सामान्यपनबाट नेपाली नेताले पनि केही कुरा सिक्नुपर्ने बताएका छन्।

विमानस्थलमा पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै आर्डेनले गएका १२ महिनाले न्युजिल्याण्ड र अष्ट्रेलियाको घनिष्ठ सम्बन्धलाई देखाएको बताइन्।

‘अष्ट्रेलियाको आगो होस् वा सयौं अधिकारी न्युजिल्याण्डबाट यहाँ सहयोग गर्न पुगेको होस् वा कोरोनाभाइरस हामीसँग थुप्रै उदाहरण छन् जसले हामी एकदमै नजिक छौं भन्ने देखाउँछ,’ उनले भनिन्।

कमेन्ट गर्नुहोस्