आइपीएलको खेल तालिकामा परिवर्तन, राजस्थानका २ म्याच यो स्टेडियममा

काठमाडौंः आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिकामा केही परिवर्तन गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइपीएल टीम राजस्थान रोयल्सका २ म्याच नयाँ शहरमा सारेको हो ।

आइपीएल २०२० मा राजस्थानका २ घरेलु म्याच गुवाटी शहरमा हुने भएका छन् । राजस्थानले आसन्न आइपीएलमा दुई घरेलु म्याच गुवाटीको बरसापारा क्रिकेट स्टेडियममा खेल्ने छ ।

राजस्थानले यो मैदानमा ५ अप्रिलमा दिल्ली क्यापिटल्स र ९ अप्रिल कोलकाता नाइन राइडर्स (केकेआर) विरुद्ध खेल्ने छ ।

आइपीएलका बाँकी म्याच भने यसअघि नै सार्वजनिक गरिएको स्थानमा खेलिने छन् । आइपीएल १३ औं सिजन २९ मार्चदेखि सुरु हुँदैछ । आइपीएल उद्घाटन म्याचमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स (सीएसके) खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्