गोकुल बाँस्कोटा टेप प्रकरण नक्कली होः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्रकरण नक्कली भएको बताएका छन् ।

बिहीबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले टेप प्रकरणमा मन्त्रीको नाम आएकाले मात्र नैतिकताका आधारमा राजीनामा दिएको स्पष्ट पारेका हुन् ।

कतै पनि उजुरी र मुद्दा नलागे पनि विना प्रमाण पूर्वमन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउउँदै प्रधानमन्त्री ओलीले भने, ‘उहाँको नामसँगै मेरो विषय पनि आएको छ, कँही कतै उजुरी परे त्यो मात्र पत्रु उजुरी हुने हुनेछ ।’’

प्रधानमन्त्री ओलीले पार्टीलाई बद्नाम गर्ने र नेतृत्वको चरित्र हत्या गर्ने काम भइरहेको बताउँदै पार्टी, नेता र सरकारलाई बदनाम गर्ने काम शुरू भएको बताए ।
सरकारले भ्रष्टाचारको बाटो समाउँछ भन्ने चिन्ता नगर्न नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले बताउँदै सरकार र पार्टीमा भ्रष्टाचार हुने नदिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सरकारले भ्रष्टाचारको बाटो समात्दैन ।’

नेकपाका अध्यक्ष पनि रहेका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारमा कोही पनि भ्रष्ट नभएको स्पष्ट पार्दै कोही कतै दोषी ठहरिए कार्वाही गर्ने बताए ।

कमेन्ट गर्नुहोस्