पेट्रोल र डिजेलको मूल्य नबढ्ने

काठमाडौंः पेट्रोलियम पदार्थको भाउमा थप ५ रुपैयाँ पूर्वाधार कर लगाइए पनि मूल्य भने वृद्धि नहुने भएको छ ।

नेपाल आयल निगमले पूर्वाधार करमा थपिएको कर निगमले लिँदै आएको नाफाबाट समायोजन गर्ने तयारी गरेको हो ।

नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार कर बढेकै कारण उपभोक्ताले थप मूल्य व्यहोर्नुपर्ने छैन ।

‘हामी अहिले स्वचालित मूल्य प्रणालीमा छौं, त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएसँगै हाम्रोमा पनि मूल्य घटबढ हुन्छ । तर सरकारले बढाएको करकै लागि हामी मूल्य बढाउँदैनौं, निगमसँग अहिले रहेको नाफाबाटै त्यो घट्ने हो’ नायव कार्यकारी निर्देशक भट्टराईले भने

कमेन्ट गर्नुहोस्