प्रियंका र आयुष्मानले कसे लगनगाँठो

काठमाडौंः नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा विवाह गरेका छन् ।

प्रियंका कार्कीको जन्मदिनको दिन नै उनीहरू विवाह बन्धनमा बाँधिएका हुन्।

यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए। उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन्।

शुक्रबार यो जोडीले नेपाली परम्पराअनुसार बिहे गर्ने बताइएको छ।

यी दुईले बिहेका लागि एक बैंक्वीट रिजर्भ गरेका छन्।

शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको आयोजना गरेका छन्।

कमेन्ट गर्नुहोस्