वेष्ट इन्डिज विरुद्धको टी–२० श्रृंखलाका लागि श्रीलंकाद्वारा टोली घोषणा

काठमाडौंः वेष्ट इन्डिज विरुद्धको टी–२० सिरिजका लागि श्रीलंकाले टोली घोषणा गरेको छ । श्रीलंकाले आज लसिथ मलिंगाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । वेष्ट इन्डिजसँगको टी–२० श्रृंखलामा थिसरा परेरा, शेहान जयसूर्या, दनुष्का गुणातिलका जयसूर्या र नुवान प्रदीपले ‘कम ब्याक’ गरेका छन् ।

परेराले अन्तिम टी–२० २४ मार्च २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । प्रदीपले अन्तिम टी–२० अन्तर्राष्ट्रिय म्याच २०१९ मा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । यस्तै जयसूर्या र ओपनर दनुष्का गुणातिलका पनि अष्ट्रेलिया श्रृंखला पछि टीम बाहिर नै थिए ।

कसुन रजिथा, भानुका राजपाक्ष र ओशादा फर्नान्डोले भने योपटक टोलीमा मौका पाउन सकेनन् । टी–२० सिरिज खेल्नु अघि अहिले वेष्ट इन्डिज र श्रीलंका एकदिवसीय श्रृखंला खेलिरहेका छन् ।

श्रृंखलामा घरेलु टोली श्रीलंका २–० ले अग्रता बनाएको छ । वानडे पछि यी दुवै टीमले २ खेलको टी–२० सिरिज खेल्ने छन् । टी–२० सिरिजको पहिलो म्याच ४ मार्च र दोस्रो खेल ६ मार्चमा हुनेछ ।
वेष्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने श्रीलंकाको टोलीः लसिथ मलिंगा (कप्तान) अविष्का फर्नान्डो, कुसल परेरा, शेहन जयसूर्या, निरोशन डिकवेला, कुसल मेन्डिस, एन्जेलो म्याथ्यूज, धनन्जय डी सिल्वा, थिसरा परेरा, दसुन शनाका, वनिन्दु हसारंगा, लक्षण सदाकर्ण, इसुरु उडाना, नुवान प्रदीप र लाहिरु कुमारा ।

कमेन्ट गर्नुहोस्