सागका पदक विजेतालाई पुरस्कार दिने बाटो खुल्यो

काठमाडौंः सररकारले गत मंसिरमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कारको राशी मन्त्रिपरिषदबाट अनुमोदन गरेको छ।

मन्त्रिपरिषदको हालैको बैठकले सागका पदक विजेतालाई पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको हो। यससँगै सागका पदक विजेता खेलाडीलाई घोषित पुरस्कार प्रदान गर्न बाटो खुलेको छ ।

संशोधित कार्यविधिअनुसार सागका स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख पुरस्कार दिइनेछ। एउटाभन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण ११ लाख पाउनेछन्। सो पुरस्कारबाट चार स्वर्ण जितेकी गौरिका सिंह र दुई स्वर्ण विजेता आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ लाभान्वित हुने छन् ।

सामूहिक खेलमा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख, कास्य जित्नेलाई २ लाख तथा स्वर्ण जितेको खेलका प्रशिक्षकलाई ५ लाख पुस्कार दिने व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्