केही दिनमै प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै आफूले मृगौला प्रत्यारोपण गर्ने जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई बिहीबार सम्बोधन गर्दै उनले मृगौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटौं दिनमा घर आएर काम शुरु गर्ने बताए ।

उनले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गरे । ‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’ उनले भने, ‘बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’

कमेन्ट गर्नुहोस्