युरोपा लिग फुटबलः आर्सनल अन्तिम ३२ बाटै बाहिरियो

एजेन्सीः आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएका छ । दोस्रो लेगको अतिरिक्त समयमा खाएको गोलका कारण आर्सनलको यात्रा रोकिएको हो । घरेलु मैदानमा भएको दोस्रो खेलमा आर्सनल ओलम्पिकाससँग २–१ ले पराजित भयो ।

पहिलो खेलमा १–० को जित निकालेको आर्सनल समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा पछि पर्दै अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । आर्सनललाई स्तब्ध पार्दै ओलम्पिकासले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

याे पनि पढ्नुस  युरोपा लिग फुटबलः आर्सनल समूह विजेता

अवे मैदानमा भएको बिहीबार रातिको खेलमा ५३ औँ मिनेटमा ओलम्पिकासका लागि पेप सिसेले गोल गर्दै अग्रता दिलाए । पहिलो लेगमा आर्सनलले १–० को जित निकालेका र अवे गोलका आधारमा पनि बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

११३ औँ मिनेटमा कप्तान पिएर एमरिकले आर्सनलका लागि गोल गरे र दोस्रो लेगमा बराबरी तथा समग्रमा जितका सम्भावना दिलाए ।

याे पनि पढ्नुस  युरोपा लिग फुटबलः युनाइटेड र आर्सनल पराजित

तर ११९ औँ मिनेटमा एल–अरबीले गोल गर्दै ओलम्पिकासलाई समग्रमा बराबरी गरी अवे गोलका आधारमा अघिल्लो चरणको यात्रा तय गर्ने अवस्थामा ल्याएका हुन् ।

कमेन्ट गर्नुहोस्