सिटीका प्रशिक्षक ग्वार्डिवलाको इमेल ह्याक गरेर पैसाको बार्गेनिङ गर्ने व्यक्ति पक्राउ

एजेन्सीः इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाको इमेल ह्याक गर्ने व्यक्ति पक्राउ परेका छन् । म्यान्चेस्टर प्रहरीले ग्वार्डिवलाको इमेल ह्याक गर्ने ३० वर्षीय युवकलाई पक्राउ गरेको हो ।

उक्त ह्याकरले इमेल ह्याक गरेर खेलाडीहरुसँग गरिएको सम्झौता चोर्ने प्रयास गरिएको थियो । ग्वार्डिवलाका अनुसार उक्त व्यक्तिले सन् २०१७ मा इमेल ह्याक गरेका थिए । त्यस्तै उक्त व्यक्तिले खेलाडीसँगको सम्झौतापत्र चोरेर १ लाख युरोको बार्गेनिङ गरेका थिए ।

प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेर साइबर क्राइम अन्तर्गत मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्