सचिवालयको निर्णय सर्वसम्मत हो, प्रधानमन्त्रीले मान्नैपर्छः प्रचण्ड

चितवन: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बामदेव गौतम राष्ट्रियसभामा मनोनित हुने बताएका छन् ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्माले ओलीले अस्वीकार गरेको समाचार आइरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

शुक्रबार आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘ बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने सचिवालयको निर्णय सर्वसम्मत हो, प्रधानमन्त्रीले मान्नैपर्छ ।’

उनले त्यसबारे सबै कुरा एक दुई दिनमै सबैले जानकारी पाउने दावी गरे ।

कमेन्ट गर्नुहोस्