घुससहित वडा सचिव कार्यकक्षबाट रंगेहात पक्राउ !

धनुषाः धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर घुससहित रंगेहात पक्राउ परेका छन् ।

जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोली खटिएको थियो ।

ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुससहित कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्