काखमा बच्चा बोकेकी महिलालाई इन्स्पेक्टरले धकेल्दै पछाडिबाट लाठी हानेपछि…

ललितपुरः ललितपुरको भैंसेपाटीमा इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त घटना ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो भएको हो । एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएका बेला उक्त घटना भएको बताइएको छ । सो क्रममा छ जना महिला पक्राउसमेत परेका छन् ।

इन्स्पेक्टर पौडेलले सामान्य बल प्रयोग गरेको बताएका छन् । बिहीवार महिला प्रहरी घटनास्थलमै भएपनि महिलालाई कुट्न इन्स्पेक्टर नै अघि लागेको भिडियोबाट देख्न सकिन्छ ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको हुनसक्ने बताए ।

कमेन्ट गर्नुहोस्