सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

एजेन्सीः कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । हेलिकप्टरमा रहेका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अन्य दुई जनाको अवस्था बारे भने केहि बताइएको छैन । उक्त दुुर्घटना स्थानीय समयअनुसार बिहीबार बिहान ११ बजेतिर भएको बताइएको छ ।

मेल्गारबाट तोलिमाका लागि उडेको हेलिकप्टर कुन्डिनामार्काको मड्रिड शहर नजिकै दुुर्घटना भएको कोलम्बियाको वायु सेनाले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्