पानी कसरी र कुन समयमा पिउने ?

एजेन्सीः सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरुलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ ।

तर पानी पिउने सही तरिका हुन्छ । जतिबेला मन लाग्यो त्यतिबेला टन्न पानी पिएर मात्र शरीरलाई स्वस्थ बनाउन सकिदैन । पानी पिउँदा सही तरिका अपनाउनुपर्छ ।

दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसकेपछि ४५ मिनेटपछि पानी पिउनुपर्छ । त्यसपछि सामान्य खाना खान सकिन्छ ।

याे पनि पढ्नुस  पानी नहुँदा दृष्टिविहीन आवासीय विद्यालयको शौचालयमा ताला

पानी पिउँदा विस्तारै एक–एक घुट्की गर्दै पिउनुपर्छ । त्यसले भित्री अंगहरुलाई सक्रिय गराउँछ । गर्मीको मौसममा पनि बीच–बीचमा पानी पिउनुपर्छ ।

पानी पिउँदा बसेर पानी पिउनुपर्छ । पानी पिउँदा कहिल्यै पनि उभिएर पानी पिउनुहुँदैन । यसले घुँडा दुख्ने समस्या पैदा गर्छ ।

व्यायाम गरेपछि र गर्नुभन्दा ३० मिनेट पहिले एक गिलास पानी पिउनुपर्छ । पानीले मेटाबोलिज्म तीव्र हुन्छ र व्यायाम गर्न सजिलो हुन्छ ।

याे पनि पढ्नुस  आजको मौसमः दिउँसो मध्य र पूर्वी पहाडका केही भागमा बदलीसहित पानी पर्ने

खाना खानेवित्तिकै पानी पिउनु हुँदैन । यसले पाचन प्रक्रियामा असर गर्छ । खाना खानुअघि आधा घण्टा पहिले मात्रै पानी पिउनुपर्छ । पानीले राम्रोसँग खाना खान मन लाग्दैन ।

भोक लाग्दा पानी पिउने हैन । तिर्खा लाग्दा मात्रै पानी पिउनुपर्छ । भोक लागेको समयमा खाना खानुपर्छ । पानी पिउदा भोक हराउँछ र खाना खान मन लाग्दैन ।

याे पनि पढ्नुस  वाग्मती सफाइ महाअभियानको पाँच वर्ष, तर पानी स्वच्छ भएन

तातो खाना, काक्रो, तरबुजा, खरबुजा, मसलादार खाना, चिल्लो खाना, बदाम, तातो दूध, चिया, घामबाट हिँडेर आउनेवित्तिकै पानी पिउनु शरीरका लागि हानिकारक हुन्छ । यस्तै, व्यायाम गर्ने्वित्तिकै पनि पानी पिउनु हुदैन ।

यसैगरी, बिहान पानी पिउँदा टाउको दुखाई, मिर्गौलाको समस्या, मुटुको रोग, पाचन प्रक्रियामा सन्तुलन, कब्जियत जस्ता थुप्रै समस्याहरु समाधान हुन्छ ।

कमेन्ट गर्नुहोस्