आफूविरुद्व झुट्टा लाञ्छना लगाइएको भन्दै बाँस्कोटाले गरे मुद्दा दर्ता

काठमाडौंः ७० करोड घुस मागेको अडियो प्रकरणमा आफूविरुद्व झुट्टा लाञ्छना लगाइएको भन्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध आफ्ना प्रतिनिधिमार्फत उजुरी दिएका हुन् ।

उनले शुक्रबार दिउँसो ट्वीट गर्दै भनेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्