सरकारले माग्यो १५ सय शिक्षक, लाइसेन्स नचाहिने (सूचनासहित)

काठमाडौंः सरकारले विद्यालयमा पढाउन एक हजार पाँच सय जना शिक्षक खोजेको छ । ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन खोलेको हो । स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले https://www.doe.gov.np/ मा जागिरका लागि निवेदन दिन सक्छन् ।

अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन् । यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि चाहिँदैन ।

स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पनि तयार गरिसकेको छ ।

सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ । स्नातकोत्तर पढेकाको तलब केही धेरै छ । उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार हुने स्वंयसेवक परिचालन कार्यविधि २०७६ मा उल्लेख छ ।

शिक्षण स्वयंसेवक खटाउन सकिने स्थानीय तहहरुको नामावली हर्ने यहाँ क्लिक गर्नुहोस्ः

शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६

कमेन्ट गर्नुहोस्