मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौंः मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ ।

लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो ।

सप्तरीको राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालले गत वर्ष साउनमा ओलीविरुद्व चेक अनादर मुद्दा दायर गरेका थिए ।

कमेन्ट गर्नुहोस्