वैवाहिक जीवनमा बाधिए प्रियंका र आयुष्मान

काठमाडौंः नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन् । उनीहरूले काठमाडौंको एक होटलमा विवाह गरेका हुन् ।

बिहिवार मात्र कानुनीरूपमा विहे गरेका उनीहरूले शुक्रबार सामाजिक परम्पराअनुसार विहे गरेका हुन् । विवाहमा चलचित्रकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित छन् ।

बिहेपश्चात शुक्रबार बेलुकी पार्टीको समेत आयोजना गरिएको छ ।

कमेन्ट गर्नुहोस्