सिंगापुरका डेविड र दक्षिण अफ्रिकाका फुलरले इपीएल खेल्ने

काठमाडौंः सिंगापुरका टिम डेविड र दक्षिण अफ्रिकाका जेम्स फुलर चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

दक्षिण अफ्रिकाका ३० वर्षिय फुलरले टी–२० मा हालसम्म ९६ विकेट लिएका छन् । फुलरले इंग्ल्यान्डको मिडलएक्स, हाम्सायरबाट पनि खेलिसकेका छन् ।

यस्तै सिंगापुरका डेविडले विग ब्यास लिग खेलिसके पनि खेलिसकेका छन् । उनले सिंगापुरका लागि १२ टी–२० खेलिसकेका छन् । आसन्न संस्करणको इपीएल १४ मार्चदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्