सुदूरपश्चिम–११ खप्तड गोल्डकपको फाइनलमा

कैलालीः आयोजक सुदूरपश्चिम–११ सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोलीले विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको हो ।

सुदूरपश्चिम–११ को जितमा विक्रमसिंह ठकुरीले पहिलो हाफको ८ औं र ११ औं मिनेटमा गोल गरे । एफीएफले पहिलो हाफको २३ औं मिनेटमा गोल फर्काएको थियो । उसको लागि आशिष लामाले गोल गरे ।

प्रतियोगिताको विजेता टिमले नगद २१ लाख एक रुपैयाँ र उपविजेताले १० लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्