जर्मन बुन्डेस लिगा फुटबलः बायर्नको आधा दर्जन गोल

एजेन्सीः बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा होफेनहाइममाथि गोल बर्षा गरेको छ । शनिबार राति भएको खेलम बायर्नले घरेलु टोली होफेनहाइमलाई उसैको मैदानमा ६–० गोलले हरायो ।

बायर्नको फराकिलो जितमा फिलिप कोउटिन्होले ३३औं र ४७औं मिनेटमा दुई गोल गरे । यसअघि सर्जी जिनाब्रीले खेलको दोस्रो, जोसुवा किम्मिचले सातौं र जोसुवा जिर्कजीले १५औंमिनेटमा सुरुवाती गोल गरेका थिए । लियोन गोरेट्काले ६२औं मिनेटमा छैटौं गोल थरेका थिए । लेवान्डोस्कीले चोटका कारण अहिले चार हप्ता विश्राममा छन् । यस जितसँगै बायर्नले बुन्डेस लिगाको उपाधि सम्भावना बलियो बनाएको छ ।

याे पनि पढ्नुस  जर्मन बुन्डेस लिगा फुटबः बायर्न म्युनिख शीर्ष स्थानमा

शीर्ष स्थानमा रहेको बायर्नले २४ खेलबाट ५२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४८ अंक छ । लेइपजिगले एक खेल कम खेलेको छ । बायर्नसँग हारेको हेफोनहाइन ३४ अंक सहित आठौं स्थानमा छ ।

अर्को खेलमा बोरुसिया डर्टमन्डले फ्रेइबर्गलाई १–० गोलले हराएको छ । डर्टमन्डको कठिन जितमा जाडोन सान्चोले निर्णायक गोल गरे । सान्चोले १५औं मिनेटमा गोल गरेका थिए । जितसँगै डर्टमन्डले दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगसँग अंक बराबरी गरेको छ । डर्टमन्डले ४८ अंक पुगेको छ । ३३ अंक बनाएको फ्रेइबर्ग नवौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्