अमेरिकन आइडलमा चम्किँदै दिवेश, दोस्रो राउण्डको प्रस्तुति भोलि

काठमाडौंः सांगीति क्षेत्रमा विश्वले नै उत्सकताका साथ हेरिने ‘अमेरिकन आइडल’को अडिसनमा छनोटसँगै नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) प्रति विश्वभरबाटै चासो बढेको छ ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीबाट प्रशारण भएको पहिलो शृङ्खलामा नै उनी निर्णायकहरूको मन जित्न सफल भए । र, दोस्रो चरणमा पुगे । १८औं संस्करणको सो प्रतियोगिताको दोस्रो शृङ्खला अमेरिकी समय आइतबार बेलुका ८ बजे (नेपाली समय सोमबार विहान) प्रशारण हुनेछ ।

नेपाली ठिटो दिवेश अमेरिकन आइडलको अहिलेसम्मकै ठूलो स्टार बन्न सक्ने अनुमान नेपाली सङ्गितकर्मी मात्र नभएर आइडलको निर्णायक मण्डलको पनि छ ।

अमेरिकन आइडलको निर्णायक केटी पेरीले ट्विटमार्फत दिवेशलाई बधाई दिँदै लेखेका थिए, ‘म भित्रको प्रकाशले तिमीमा रहेको प्रकाश देख्यो ।’

याे पनि पढ्नुस  दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

यस्तै विचिटाको द विचिटा इगल अनलाइनले त दिवेश अमेरिकी आइडलमा छनोट भएकोमा समाचार नै बनाएको थियो ।

अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायकमध्येका लुक ब्रायनलाई उद्धृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्नसक्ने बताएको लेखेको छ ।

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

आफ्नी दिदीलाई पछ्याउँदै कन्सासको विचिटा पुगेका पोखरेलले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्ष मात्र भयो । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आएका छन् ।

काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि उनी अमेरिका गएका थिए । उनी अमेरिका गएको पाँच वर्ष भयो ।

याे पनि पढ्नुस  अमेरिकन आइडलको टप २० मा नेपाली मुलका दिवेश (भिडियो)

अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्तासँगको प्रस्तुतिबाट अडिसन पुगेका २१ वर्षीय दिवेशले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए ।

त्यसपछि क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाएका थिए । दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्वमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका पोखरेलका एक दर्जन जति गीत छन् ।

नेपाली युवक अमेरिकन आइडलमा पुग्नु नै ठूलो उपलब्धि गएको नेपाली गायक–गायिकाले बताएका छन् । विश्वले हेर्ने रियालिटी सो अमेरिकन आइडलमा पुग्नु आफैंमा ठूलो कुरा भएको नेपाल आइडलका निर्णायकसमेत रहेका गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले बताए ।

याे पनि पढ्नुस  अमेरिकन आइडलको फाइनलमा नेपाली युवक दिवेश

उनी भन्छन्, ‘त्यहाँ पुगेर पनि निर्णायकको तारिफ पाउनु अझै ठूलो उपलब्धि हो । दिवेश पक्कै पनि अगाडि बढ्ने छन् ।’ उनी थप्छन्, ‘तर त्योभन्दा पनि ठूलो कुरा त उसले विश्वले हेरिरहेको सोमा नेपाली हुँ भनेका छन् ।’

पोखरेलको ओपन भ्वाइस, पावरफुल थ्रो र गीत छनोट हेर्दा कम्तिमा पनि टप टेनसम्म पुग्ने गायक बाँस्कोटाको अनुमान छ ।

बेलायतबाट सुरु भएको ‘सिङ्गिङ रियालिटी सो’ आइडल अमेरिका पुगेपछि ग्लोबल सो बन्न पुगेको छ । नेपालमा पनि विगत तीन सिजनदेखि नेपाल आइडल चलिरहेको छ । –गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्