जखेरामा सामाजिक विकास समूह गठन

दाङः प्रदेश पाँचको पर्यटकीय दृष्टिकोणले प्रख्यात देउखुरीको जखेरा टोलमा जखेरा सामाजिक विकास समूह गठन गरिएको छ ।

एक कार्यक्रमकाबीच जखेरा ताल एवं त्यस टोलको विकासमा भइरहेका पर्यटन आकर्षणका गतिविधिमा सधैं खटिरहेका उपभोक्ताद्वारा थप सक्रियताका साथ ताल एवं टोल विकासमा टेवा पुर्‍याउने उदेश्यले समूह गठन गरिएको हो ।

जखेरा टोल विकास समूहका जेष्ठ सदस्य छविलाल केसी (महरा) को अध्यक्षतामा आयोजित समूह गठन कार्यक्रमले रविध्वज थापाको अध्यक्षतामा १९ सदस्यीय समूह गठन गरेको हो ।

समूहले आउँदा दिनमा जखेरा ताल एवं टोलमा आइपर्ने समस्याहरुमा नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने समुहका सल्लाहकार लोकमणी बन्जाडेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्