ला लिगाः बार्सालाई हराउँदै रियल शीर्ष स्थानमा

एजेन्सीः सिजनको दोस्रो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा रियल २–० गोलअन्तरले विजयी भएको हो ।

रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ७१ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए भने यो सिजन ला लिगामा पहिलो खेल खेलिरहेका मारियानो डियाजले इन्जुरी समयमा गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

याे पनि पढ्नुस  ला लिगाः रियल भिल्लारियल सँग बराबरीमा रोकिँदा एथ्लेटिको शीर्ष स्थानमा

यसअघि रियलका लागि करिम बेन्जेमा र बार्साका लागि एन्टोनी ग्रिजमानले गोलको सुन्दर अवसर खेर फालेका थिए । रियलले पछिल्लो सात खेलमा बार्सिलोनालाई पराजित गरेको यो पहिलो पटक हो ।

जीतपछि रियलले बार्सिलोनालाई एक अंकले उछिन्दै पुनः शीर्ष स्थानमा कब्जामा जमाएको छ । २६ खेलबाट रियलको ५६ अंक रहेको छ ।

याे पनि पढ्नुस  ला लिगाः रियल भिल्लारियल सँग बराबरीमा रोकिँदा एथ्लेटिको शीर्ष स्थानमा

खेलपछि रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानले आफ्नो टोलीले जीतका लागि आक्रमण र डिफेन्समा मिहिनेत गरेको बताउँदै आफूहरु जीतको हकदार भएको बताए ।

आइतबार भएका अन्य खेलमा सेभियाले ओसासुनालाई ३–२ गोलअन्तरले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । एथ्लेटिको म्याड्रिड भने एस्पानियोलसँग १–१ को बराबरीमा रोकिँदै लिगको पाँचौ स्थानमा खस्किएको छ ।

याे पनि पढ्नुस  ला लिगाः रियल भिल्लारियल सँग बराबरीमा रोकिँदा एथ्लेटिको शीर्ष स्थानमा

गेटाफेले भने मायोर्कालाई १–० ले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । अन्य खेलमा एथ्लेटिको बिल्बाओले भिल्लेरियलाई १–० गोलअन्तरले हरायो ।

कमेन्ट गर्नुहोस्