मोबाइल बैंकिङ लिडर अवार्ड सनराइज बैंकलाई

काठमाडौंः सनराइज बैंक लि. डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ।

बैंकले मोबाइल बैंकिङ सेवामार्फत नवीनतम सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहक बढाउन सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिवृद्घि कार्यक्रम सञ्चालन गर्दै आए बापत अवार्ड प्राप्त गरेको हो।

मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफ वान सफ्ट इन्टरनेसनलकाका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरेका हुन्। सनराइज बैंकले १५२ एटिएम, १३० शाखा, २००० भन्दा बढी मर्चेन्ट नेटवर्क, ८ हजार रेमिट्यान्स एजेन्टमार्फत ६ लाखभन्दा बढी ग्राहकलाई स्वदेश तथा विदेशमा सेवा प्रदान गर्दै आएको छ।

डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने उद्देश्यले सनराइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठान, होटल, अस्पताललगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यासब्याक योजनालगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ।

कमेन्ट गर्नुहोस्