राष्ट्रिय योजना आयोगको १५औं योजना पारित

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजनालाई पूर्णता दिएको छ ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता मिनबहादुर शाहीले मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै राजनीतिक मुद्धा मात्रै नभएर संघीय शासन प्रणालीमै सुधार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अघि बढाउने हिसाबले १५औं योजनालाई पूर्णता दिएको बताए ।

याे पनि पढ्नुस  जेठ १६ गते नै बजेट खर्च गर्ने अख्तियारी

शाहीका अनुसार १५औं योजनामा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोचका कार्यक्रम समावेश गरिएको छ । ‘संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५औं योजनाले गरेको छ ’ उनले भने ।

याे पनि पढ्नुस  आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर

१५औं योजनाले १० ओटा लक्ष्य निर्धारण गरेर देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको उनले बताए । शाहीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिनेछ ।

१५औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ ।

याे पनि पढ्नुस  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेद्वारा राजीनामा

कमेन्ट गर्नुहोस्