नेपालसँग खेल्नु अघि सिंगापुरले दियो मलेसियालाई २४० रनको लक्ष्य

काठमाठौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० मा सिंगापुरले मलेसियालाई २ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३९ रन बनायो ।

उसका लागि सिद्धान्त र टिम डेविडले विस्फोटक ब्याटिङ गरे । डेविडले ३२ बलमा ९ चौका र ७ छक्का हिर्काउँदै अविजित ९२ रनको योगदान दिए । सिद्धान्तले ५० बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ७७ रन बनाए । यस्तै सुरेन्द्र चन्द्रमोहन ४७ र आर्यमान सुनील उचिल १६ रनमा आउट भए । बलिङमा मलेसिया टीमका तीन बलरले एक–एक विकेट हात पारे ।

जारी प्रतियोगितामा मलेसियाले सुरुवातका दुवै खेलमा जित हासिल गरिसकेको छ । यस्तै सिंगापुरले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको छ । नेपालले भने प्रतियागितामा खेलमा दुवै म्याचमा पराजय बेहोरिसकेको छ । लगातारको हारसँगै नेपाल एसिया कप छनोटमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

अब नेपाल शीर्ष २ मा पुग्नका लागि अरु टीमको प्रदर्शनमा भर पर्नुपर्ने हुन्छ । नेपाल अघिल्लो चरणमा पुग्न सिंगापुर र हङकङले कम्तीमा दुई–दुई खेलमा फराकिलो अन्तरले हानुपर्ने हुन्छ । तर आज सिंगापुरलाई मलेसियाले हराउन निकै मुस्किल हुनेछ । नेपालले बुधबार थाइल्यान्ड र शुक्रबार सिंगापुरसँग खेल्दै छ ।

 

कमेन्ट गर्नुहोस्