माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर स्थित माया मेट्रो अस्पताल प्रा.लिले सिटिस्क्यान सेवा सुरु गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले उक्त सेवाको आज उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री भट्टले सिटिस्क्यान सेवाले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने विश्वाव व्यक्त गरे ।

याे पनि पढ्नुस  एनप्याब्सनका उपाध्यक्षको हत्याको छानविन माग गर्दै टायर बालेर विरोध प्रदर्शन

उनले आर्थिक स्थिति कमजोर भएका यस क्षेत्रका बिरामीलाई सस्तो र सुलभ सेवादिन अस्पताल सञ्चालकलाई आग्रहसमेत गरे ।

झण्डै ३ करोडको लागतमा अस्पतालले ६४ स्लाइस सिटिस्क्यान सेवा सुरु गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए ।

अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वड लगायतले शुभकामना व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  कक्षा १ मा पढ्ने बालक वेपत्ता

कार्यक्रममा वरिष्ठ रेडियोलोजिष्ट डा.अशोक राजपन्तले मेसिनले दिने सेवाबारे जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्