जर्मन कपः साल्केलाई पराजित गर्दै बायर्न सेमिफाइनलमा प्रबेश

एजेन्सीः बायर्न म्युनिखले जर्मन कपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति जर्मन बुन्डेस लिगा प्रतिद्धन्द्धी साल्केलाई १–० ले पराजित गर्दै बायर्नले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

बायर्नको जितमा एकमात्र निर्णायक गोल जोसुवा किम्मिचले गोल गरे । उनले खेलको ४०औं मिनेटमा गोल गरेका थिए । खेलको छैटौं मिनेटमा एलेसान्द्रो स्कुफको प्रहार बाहिरिदा घरेलु टोली साल्केले अग्रता लिने अवसर खेर फालेको थियो ।

१२औं मिनेटमा जोनजोइ केन्नीको प्रहार क्रसबारमा लागेर बाहिरिदा साल्केले पुनः खेलमा अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता लिनबाट चुक्यो ।

२०औं मिनेटमा साल्केका कप्तान बर्गटलरले गोल गरेपनि भिएआरको सहायतामा उनी अफसाइड ठहरिए । ४०औं मिनेटमा बायर्नले खेलमा अग्रता लिन सफल भयो । कर्नरबाट आएको बललाई किम्मिचको भली सट गोलमा परिणत भएको थियो । ४४औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

खेलभर नै बल पोजेसन राखेको बायर्नले थप गोल भने गर्न सकेन । पहिलो हाफको गोल नै बायर्नलाई सेमिफाइनल पुग्न पर्याप्त बन्यो ।
साल्केले पछिल्ला चार खेलमा गोल गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्