अमेरिकाः अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी २५ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।
स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण २५ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ।
न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पुर्याएको बताएको छ।
क्षतिका विवरणहरू सङ्कलन भइरहेको पनि विभागले बताएको छ।