हुम्लामा कोरोनाको आशंका, चिकित्सक टोली खटाइयोे

खलङ्गाः कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

हुम्लामा चीनको सिमा नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्ने सूचना पाएपछि चिकित्सकीय टोली खटाईएको निर्देशक रावलले बताए । उनका अनुसार प्रतिष्ठानका डा. अशोक गौतम सहितको तीन जनाको टोली खटाईएको छ ।

याे पनि पढ्नुस  कोरोना आशंकामा ४ जना सेती अस्पतालमा भर्ना, आइसोलेसनमा राखियो

चीनमा रहेका एक नेपाली कोरोनाको डरको त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट गाउँपालिका ३ लिमाटाङ्का एक लामा थरका व्यक्तिलाई कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरि राखिएको भन्ने खबर पछि प्रतिष्ठानले त्यहाँ चिकित्सक टोली खटाएको हो ।

यसैगरी कर्णाली प्रदेश सरकारले भिन्नै कोरोना रोगथाम डेक्स राख्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्