कोरोना भाइरसः चैत ६ गतेबाट सुरु हुने एसईई के होला ?

काठमाडौंः कोरोना भाइरस सङ्क्रमण फैलिएका कक्षा १ देखि ९ सम्मका वार्षिक परिक्षा चैत्र ५ गतेभित्र सक्न सरकारले आग्रह गरेको छ ।

दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको छ ।

सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने बताए ।

याे पनि पढ्नुस  जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका सिल

यसपालि एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुन लागेको छ । सचिव दहालका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागेका छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ ।

एसईई परीक्षामा लाखौँ विद्यार्थी सहभागी हुन्छन् । सचिव दहालका अनुसार स्वास्थ्य मन्त्रालयसँग सहमति भए प्रत्येक परीक्षाकेन्द्रमा कम्तीमा एक स्वास्थ्यकर्मी राखेर निगरानी गरिनेछ । त्यस विषयमा स्वास्थ्य मन्त्रालयसँग छिटै छलफल गर्ने उनले बताए ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (LIVE)

त्यसका लागि निजी र सरकारी दुवैथरी विद्यालयका प्रतिनिधि, स्थानीय सङ्घ र महासङ्घका प्रतिनिधि र उपत्यकाभित्र शिक्षा अधिकारीसँग पनि यो विषयमा कुरा भइसकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्