शैयाबाट ओलीको सन्देश– छिट्टै काममा फर्किन्छु

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको बताएका छन् । साथै उनले छिट्टै काममा फर्किने सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई शुक्रवार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भेटेका थिए । सो क्रममा रिमालमार्फत ओलीले उक्त सन्देश दिएका हुन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले गरे सेनाको प्रशंसा

भेटपछि ट्वीट गर्दै रिमालले लेखेका छन्:

प्रधानमन्त्री ओलीले बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण गरेका थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्