५० हजार घुस लिने प्रहरी निरीक्षकविरुद्ध मुद्दा

काठमाडौंः व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका रूपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

झापाको टाङ्घनडुब्बा चौकीमा कार्यरत चापागाईंमाथि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ ।

याे पनि पढ्नुस  १० हजार घुससहित इन्जिनियर जैसवाल पक्राउ

यस्तै बिल फरफारक गरिदिने प्रयोजनका लागि भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिस्टेन्ट सव इञ्जिनियर विष्णुकुमार राईले पाँच हजार घुस लिएको अभियोगमा आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । हुखोला खानेपानी योजनाको बिल मिलाइ दिने प्रयोजनका लागि राईले घुस मागेको आयोगले आरोप लगाएको छ ।

याे पनि पढ्नुस  अख्तियारमा कार्यरत प्रहरी हवल्दारनै ४ लाख घुससहित पक्राउ

कमेन्ट गर्नुहोस्