डिसहोम अब मोबाइलमा हेर्न मिल्ने

काठमाडौंः डिसहोम मिडिया नेटवर्कले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने एप ल्याएको छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत् मोबाइलमा टीभी हेर्ने व्यवस्था गरेको हो ।

कम्पनीले ‘डिस होम गो’ नामक एप्लिकेसन ल्याएको छ । कम्पनीका अनुसार सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानललाई इन्टरनेटको ओटीटी (ओभर द टप) प्रविधिमार्फत् मोबाइलमा उपलब्ध गराइनेछ ।

याे पनि पढ्नुस  चलचित्र ‘कोपिला’ डिसहोममा प्रर्दशन हुने

यसका लागि प्ले स्टोरबाट ‘डिसहोम गो लाइभ ओटीटी’ एप डाउनलोड गरेको हुनुपर्छ । कम्पनीले उक्त एपमा इन्टरनेट कनेक्सन हुँदाको समयमा २० वटा च्यानल हेर्न सकिने व्यवस्था मिलाएको छ ।

मोबाइलबाट डिसहोम कसरी हेर्ने ?
मोबाइलबाट डिसहोम हेर्न उपभोक्ताले ओटीटी डाउनलोड तथा रजिस्टर गरेको हुनुपर्छ । उपभोक्ताले गुगल प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट डिसहोमको मोबाइल एप डाउनलोड गरेर डीटीएच कनेक्सनको ग्राहक आईडी प्रयोग गरी रजिस्टर गर्नुपर्छ । यसअघि एप डाउनलोड गरेका प्रयोगकर्ताले एपलाई अपडेट गर्नुपर्छ ।

याे पनि पढ्नुस  डिसहोमको सिनेमाघर च्यानलमा चलचित्र ‘छिरिङ’ हेर्न सकिने

डिसहोमको एपमा लगइन गरिसकेपछि उपभोक्ताले ‘ओटीटी बटन’मा क्लिक गरी त्यसभित्र नयाँ रजिस्ट्रेसनमा गएर त्यसबाट युजर नेम र पासवर्ड प्राप्त गर्न सकिन्छ । त्यसपछि पासवर्ड रिसेट गरेर आफ्नो अनुकुलको पासवर्ड राख्न सकिन्छ । सो युजरनेम र पासवर्ड प्रयाग गरेर ‘डिसहोम गो’ एपमार्फत् टेलिभिजन च्यानल हेर्न सकिन्छ ।

याे पनि पढ्नुस  ‘डिसहोम क्रेडिट सर्भिस’ अब ५ दिनसम्म पाइने

पासवर्ड बिर्सेको खण्डमा डिसहोम एपमा गएर त्यहाँ रहेको ओटीटी बटनभित्रको ‘भ्यु क्रेडेन्सियल’ मा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्