जर्मन बुन्डेस लिगा फुटबलः वायर्नको सहज जित

एजेन्सीः जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर वायर्न म्युनिखले जित निकालेको छ । आइतबार राति भएको खेलमा वायर्नले अग्स्बर्गलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा थोमस मुलरले गोल गर्दै सुरुआती अग्रता दिलाए । ९० औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै वायर्नलाई २–० को जित दिलाए ।

जितसँगै वायर्नले २५ खेलबाट ५५ अंक जोडेको छ । वार्यन शीर्ष स्थानमा छ । २७ अंक जोडेको अग्स्बर्ग १४ औं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्