इटालियन सिरि एः युभेन्ट्सको ईन्टर मिलानमाथि सहज जित

एजेन्सीः इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले ईन्टर मिलानलाई हराएको छ । आईतबार राति खाली रंगशालामा भएको खेलमा युभेन्ट्सले ईन्टर मिलानलाई २–० ले हराएको हो ।

कोरोना भाईरसका कारण खेल बन्द रंगशालामा आयोजना गरिएको थियो । सिरि ुएु फुटबलको सबै भन्दा ठुलो मध्यको एक खेल बिना दर्शक खेलाईएको हो ।

कम्तिमा अप्रिल ३ सम्म खाली रंगशालामा फुटबल खेलाउने ईटालीको निर्णय छ ।

ईटालीमा कोरोनाका कारण ३ सय ६६ मानिसको मृत्यु भएको छ भने ७ हजार ३ सय ७५ मानिसमा संक्रमण देखिएको छ ।

खेलको ५४ औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाले ६७ औं मिनेटमा युभेन्ट्सको अग्रता दोब्बर बनाउने काम गरे ।

पाडिली ७९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि ईन्टर मिलान १० खेलाडीमा सिमित बनेको थियो ।

यस खेलसँगै युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको १ हजार खेल पुरा गरेका छन् ।

उपाधिमा दाबी गरिरहेको ईन्टर पछिल्लो हारसंग शीर्ष स्थानको युभेन्ट्स भन्दा ९ अंकले पछाडी परेको छ । इन्टर ५४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

युभेन्ट्स ६३ अंक सहित लिगको शीर्ष स्थानमा फर्किएको छ ।

कमेन्ट गर्नुहोस्